बिहिबार, अशोज १३, २०७९

कोरोना कहर

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 642
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउने विधि पीसीआर परीक्षण निःशुल्क गर्न बिहीबार सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको हो ।

संविधान तथा कानुनमा सरुवा रोगको उपचार निःशुल्क हुने भनी स्पष्ट व्यवस्था भए पनि सरकारले पीसीआर परीक्षण गर्दा रकम लिने गरेको उल्लेख गर्दै त्यसलाई बदर गर्न माग गर्दै अधिवक्ता केशरजंग केसी लगायतले सर्वोच्चमा रिट निवेदन दायर गर्नु भएको थियो ।

सर्वोच्चले नेपालको संविधान तथा सम्बन्धित कानुनमा सरुवा रोगलाई निःशुल्करूपमा उपचार गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै पीसीआर परीक्षण गर्दा शुल्क लिन नहुने स्पष्ट गरेको छ ।

नेपालको संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने उल्लेख गरेको छ । दायर भएको रिट निवेदनमा संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी स्पष्ट उल्लेख गरिएका भए पनि पीसीआर परीक्षण गर्दा सरकार तथा निजीस्तरको स्वास्थ्य संस्थाले रकम लिने गरेका उल्लेख गरिएको थियो ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (४) मा सरुवा रोगसम्बन्धी सेवालाई निःशुल्करूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरिएको छ ।

कोरोना भाइरसको महामारी सरुवा रोग भएको स्पष्ट भइसकेको हुँदा यसको परीक्षण गर्ने पीसीआर विधि निःशुल्करूपमा उपलब्ध हुनुपर्ने माग रिट निवेदनमा गरिएको थियो ।

सरकारले पीसीआर परीक्षण गर्दा ५ हजार रुपियाँ लाग्ने व्यवस्था गरेको थियो । केही दिनअघि मात्र सो रकम केही घटाएको थियो । सरुवा रोगको उपचार हुने प्रमुख निकाय काठमाडौंस्थित टेकु अस्पतालमा पीसीआर परीक्षण गर्नका लागि लामो समय कुर्नुपर्ने अवस्था छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ