सोमवार, अशोज १०, २०७९

धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 784
    SHARES

धादिङ,१७ असोज।    धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् ।

अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् । अस्पतालको आकस्मिक , ज्वारो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । ।

यही असोज ७ गतेदेखि १२ गतेसम्म पनि अस्पतालका सेवा बन्द भएका थिए । नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । जिल्लामा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ