शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

सचिवालयका सदस्यमा संक्रमण देखिए पछि प्रधानमन्त्रीका सबै भेटघाट बन्द,नेकपा सचिवालय बैठक अनिश्चित


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 411
    SHARES

काठमाडौं,१७ असोज।  सचिवालयका सदस्यहरुमा कोरोना सक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  सबै भेटघाट बन्द गर्नुभएको छ । शुक्रबार स्वाब संकलन गरी सनिबार परीक्षण रिपोर्ट आउदा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल , परराष्ट्र सल्लाहकार डा राजन भट्टराई , प्रेस सल्लाहकार सूर्य थापा , प्रमुख स्बकिय सचिब ईन्द्र भण्डारी , फोटो पत्रकार राजन काफ्लेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गर्नुभएको हो ।

परिक्षणका क्रममा प्रधानमन्त्री निवास बालुवाटारका कार्यरत नेपाली सेनाका २८ , सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धान बिभागका ३  जना सहित ७०  सुरक्षाकर्मी कोरोना सक्रमित भएका छन् ।

यसै गरी स्वाब संकलन गरी  परिक्षण गरिएका  प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी पत्नी  राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश वज्राचार्य, दिपेन्द्र दाहालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। यसै बीच बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ। बालुवाटारमा कार्यरत सुरक्षाकर्मी सक्रमित भएपछि  सबै सुरक्षानिकायले नयाँ टोली  खटाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }