बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संसद विघटनमा प्रचण्ड-नेपालको पनि हात छ: डा. शेखर कोइराला


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 410
    SHARES

१३ पुस ,काठमाडौं। संसदविघटनको विरुद्धमा आज देशव्यापी आन्दोलनमा रहेको नेपाली कांग्रेसका केन्द्रीय नेता डाक्टर शेखर कोइरालाले संसद विघटन हुनुमा प्रधानमन्त्री ओली मात्रै दोषी नभएको बताउनुभएको छ ।

आज गरिएको आन्दोलनमा विराटनगरको विरोधसभालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदममा प्रचण्ड र माधव नेपालको पनि उत्तिकै हात रहेको बताउनुभएको हो ।

सर्वोच्चले निर्वाचन हुने भनि फैसला गरेपनि जालझेल गरेरै भएपनि चुनाव कुनै पनि हालतमा हुन उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्चबाट निर्वाचनको पक्षमा फैसला आए पनि निर्धारित मितिमा चुनाव हुँदैन । त्यसैले काङ्ग्रेसको निरन्तर खबरदारी जरुरी छ ।’

त्यस्तै विराटनगरको महेन्द्र चोकमा भएको सभामा सम्बोधन गर्दै प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले चुनाव हारेका नारायणकाजी र वामदेवलाई राष्ट्रियसभामा लाने प्रचण्ड र माधव नेपालनै भएको भन्दै केपी ओलीको साथसाथै उनीहरुको पनि काङ्ग्रेसले विरोध गर्नुपर्ने बताउनुभयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }