बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले जङ्गबहादुर शैलीमा संसद विघटन गरे :प्रचण्ड


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 261
    SHARES

१३ पुस,काठमाडौं। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जङ्गबहादुर राणाको बाटोमा हिँडेको बताउनुभएको छ ।

सोमबार काठमाडौमा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उहाँले सनकको आधारमा संसद विघटन गरेको र अब हामी जनतामाझ गए हाम्रो जित सुनिश्चित हुने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘कुनै एउटा प्रधानमन्त्रीलाई सनक चढ्यो भने विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्न दिनुहुँदैन भनेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको खोसेको भन्दै त्यसबेला सबै राजनीतिक दलहरुबीच छलफल गरेर नै त्यस्तो व्यवस्था गरिएको हो।’

विघटन भएको ओली सरकार हो नेकपा विघटन भएको छैन, उहाँले भन्नुभयो,‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ । छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु ।’

संविधानले दिदैं नदिएको अधिकारको प्रयोग गरेर केपी ओलीले कलंकको टिका लगाएको समेत उहाँले बताउनुभयो। साथै उहाँको यस कदमविरुद्ध आफुहरुलाई सडकमा ल्याइपुर्याएकोमा प्रधानमनत्रीलाई धन्यबाद समेत ब्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }