सोमवार, चैत्र १३, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

‘नेकपा र सुर्य चिन्ह हाम्रै हो’ : प्रचण्ड


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २८, २०७७
  • 589
    SHARES

२८ पुस, कास्की । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताउनुभएको छ।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सुर्य चिन्ह र नेकपा पार्टी आफ्नै पक्षमा आउने विश्वास दिलाउनुभयो।

५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै सोमबार निर्वाचन आयोग गएर आएपछि थप प्रष्ट भइसकेको पनि उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो,‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उहाँले भन्नुभयो, ‘यसमा कुनै द्विविधा राख्नु पर्नेछैन।’

पार्टीभित्रको अन्तरविवादले प्रतिनिधि सभा भंग गर्न नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भएको बताउनुभएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ