बिहिबार, साउन ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी माघ १ गतेदेखि नयाँ नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानी प्रदर्शन हुने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २८, २०७७
  • 571
    SHARES

काठमाडौं,२८ पुस । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोेलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिनुभयो ।  “कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उहाँको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उहाँले सरकारलाई धन्यवादसमेत दिनुभयो ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सिङ्गो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताउनुभयो । चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले सरकारलाई बुझाइसकेको उहाँको भनाइ छ । अध्यक्ष अधिकारीले लामो समय बन्द रहेको चलचित्र हल खुले पनि फिल्म उद्योगले बन्दाबन्दीको समयमा व्यहोर्नु परेको समस्याका बारेमा सरकारसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्नुभयो । हाल नेपालभर २५० भन्दा बढी चलचित्र हल सञ्चालन छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }