शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र क्षेत्रमा सरकारी अनुदान भित्रिदै


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 1.1K
    SHARES

२९ पुस , काठमाडौं। चलचित्र क्षेत्र पूर्ण रुपमा खुलाउदैं नेपाल सरकारले चलचित्र उद्योगलाई बचाउन आर्थिक सहयोग अनुदान गर्ने भए पछि चलचित्र क्षेत्र चलायमान हुने देखिएको छ।

१० महिना ठप्प रहेको सिनेमा घर आगामी माघ १ गतेबाट नायक शिव श्रेष्ठको निर्माणमा बनेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शनबाट खुल्ने भएको छ। योसँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको छ।

नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिबिधि कामहरु गर्न अनुमति दिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार सरकारले बीमा, भिपिसी कस्ट,इन्कोडिग कस्ट,प्रचार प्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताउनु भएको छ । चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताउनु भयो ।

यस्तै नेपाल सरकारलाई धन्यबाद दिदैं सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भिपिसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताउनु भयो । यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने बातावरण बनेको पनि अध्यक्ष अधिकारीले बताउनु भयो। यसै गरि मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यन्वयनमा ल्याउन सरकार सँग माग गरेको पनि अध्यक्ष अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }