शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जोखिम भन्दा पनि कर्तब्य सम्झेर आएको हुँ : नायक शिव श्रेष्ठ


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 657
    SHARES

२९ पुस , काठमाडौं । कोरोना संक्रमणको जोखिम बढे सँगै बन्द भएका सिनेमा घरहरु भोली माघ १ गते देखि खुल्दै छन् । नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी पनि प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्रका निर्माता चर्चित अभिनेता शिव श्रेष्ठसंग चलचित्रको प्रदर्शनका पेरिफेरीमा रहेर हामीले केहि प्रश्न गरेका छौं। नायक शिव श्रेष्ठसंग गरिएको कुराकानी जस्ताको तस्तै :

प्रश्नः तपाइलाई धेरै धेरै शुभकामना तथा बधाइ,यो विषम परिस्थितिमा सिनेमा लिएर आउनु भयो ?
उत्तरः हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नु पर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडी आएको हो । कलाकारले कला क्षेत्रबाट अगाडी आउने बेला हो यो । सिनेमा हेर्न सुरुमा दर्शक आउदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरि सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो ।

प्रश्नः कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र …?
उत्तरः जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँ सम्म आएका हौं । म आफैं बिगत ४० वर्ष देखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तब्य सम्झेर पनि आएको हुँ ।

प्रश्नः अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथाबस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ…..?
उत्तरः ‘एउटा यस्तो प्रेम कहानी’को कथाबस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कलाक्षेत्रका ब्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छौं । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल बिधामा बनेको छ । खासमा गजब बनेको छ ।

प्रश्नः फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र …?
उत्तरः यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्ष देखि दिएका माया र विश्वासलाई कर्तब्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हँु । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनु पर्छ । मेरो फिल्म हेर्न दर्शक हल सम्म आउनुहुन्छ । कोरोनाको कारण घर भित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।

प्रश्नः अन्तिममा,यो सिनेमाको प्रदर्शन सँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ के भन्नुहुन्छ?
उत्तरः यो सिनेमाको प्रदर्शन सँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केहि गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउले वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शन पछि संकलन हुने केहि रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु । यस्तै अहिलेको अवस्था सृजना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }