बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

गुटभेला गर्नेलाई स्पष्टिकरण माग्ने छौँ : प्रधानमन्त्री


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 634
    SHARES

७ चैत्र, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताउनुभएको छ।

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत चेतावनी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको आरोप लगाउनुभयो।

नेतृत्वलाई खुइलाउने, सरकार पार्टीको बदनाम गराउने नियतले भएको उक्त भेला मैले र महासचिवले नगर्न निर्देश गर्दागर्दै गरेकाले त्यसको निन्दा गर्दछौं,’ उहाँले भन्नुभयो, ‘निर्लज्जापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिनेछ । आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }