बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 608
    SHARES

७ चैत्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।

जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज चाबहिलमा सम्बोधन गर्नुहुँदै उहाँले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताउनुभयो ।

“विसं २०६२÷२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत घटनाले पनि कोइरालाको साहसलाई प्रमाणित गर्छ”, सभामुख सापकोटाले भन्नुभयो ।

कोइरालाको स्मृतिमा खुलेको कलेजले संस्कृति, संस्कार र ज्ञान हस्तान्तरणमा नमूना भएर काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले कलेजलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजनामा आफ्नो साथ रहने उहाँको प्रतिबद्धता छ । पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने सभामुख सापकोटाको विश्वास छ ।

“कानून निर्माणमा चुनौती सामना गर्दै भगीरथ प्रयत्न हुनेछ, जनताको संसद्प्रतिको विश्वासमा घात पर्ने गरी काम हुने छैन, छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्छ, शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिनुहुनेछ”, उहाँले भन्नुभयो ।

सांसद एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नु भई कार्यवाहक राष्ट्राध्यक्ष र सरकार प्रमुखकोसमेत भूमिका निर्वाह गरिसक्नुभएका गिरिजाप्रसाद कोइरालाको स्मृतिमा खुलेको कलेजलार्ई विश्वविद्यालयका रुपमा विकास गर्न लागिएको बताउनुभयो । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सहयोग गर्ने वचन दिनुभएको कार्यक्रममा उहाँले सुनाउनुभयो ।

वाग्मती प्रदेशको सार्वजनिक लेखा समितिका सभापति एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष न्हुच्छनारायण श्रेष्ठले कलेजमा शान्ति र लोकतन्त्र अध्ययन केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो । केन्द्रले दिगो शान्ति र लोकतन्त्र प्रवद्र्धनका लागि गर्नुपर्ने गतिविधिका बारेमा खोजी गर्न विद्यार्थीलाई प्रेरित गर्ने उहाँले सुनाउनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले खाडी र अरबको तापक्रममा नेपाली युवाले बगाएको रगत र पसिनाबाट आएको विप्रेषणले देश चलिरहँदा गर्व गर्ने संयन्त्रबाट मुक्त बनाउन युवा विद्यार्थीकालदेखि नै अध्ययन अनुसन्धानमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले कलेजमा स्थापना हुने शान्ति र लोकतन्त्र अध्ययन केन्द्रका लागि स्वतन्त्रता मञ्च (फ्रिडम फोरम) का तर्फबाट रु पाँच लाख सहयोग गर्ने घोषणा गर्नुभयो । जिपी कोइराला विश्वविद्यालय सिन्धुपाल्चोकमा स्थापना गर्ने भए आफूले जग्गा व्यवस्थापनमा सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले पुर्खाले दिएको आफैँभित्र अध्ययन अनुसन्धान गर्ने पूर्वीय वैदिक पद्धतिलाई पुनःस्थापित गर्न कलेजले कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिनुभयो । कलेजलाई मानित विश्वविद्यालयका रुपमा विकसित गर्न सकिने उहाँको भनाइ थियो । मानित विश्वविद्यालयको व्यवस्था कानूनी दस्तावेजमा गरिएकामा त्यसलाई थप स्पष्ट पार्न सङ्घीय शिक्षा ऐनमा पनि व्यवस्था गरिनुपर्ने शिक्षाविद् कोइरालाको माग थियो ।

कोइराला किसान र मजदूरका नेता भएर राजनीतिमा अघि आएकाले ती वर्गका लागि कलेजले के ग¥यो भनेर पुनःविचार गर्न पनि उहाँले कलेज व्यवस्थापनलाई सुझाव दिनुभयो ।

कार्यक्रममा कोइराला पुत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले पठाउनुभएको शुभकामना मन्तव्य वाचन गरिएको थियो । विसं २०६९ चैत ७ गते स्थापना भई शैक्षिकसत्र २०७० मा ११ जना विद्यार्थीबाट कक्षा शुरु भएको कलेजमा हाल तीन विद्यार्थी अध्ययन गरिरहेको निमित्त क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कलेजमा हाल व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायमा स्नातक र स्नातकोत्तर तहको पठनपाठन भइरहेको छ । आगामी शैक्षिकसत्रदेखि मानविकी सङ्कायका कार्यक्रमसमेत शुरु गर्न लागिएको जनाइएको छ । सो अवसरमा कलेजबाट उत्कृष्ट अङ्क ल्याएर विभिन्न तह पूरा गर्ने छात्रछात्रालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }