शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास आफुहरुले गरेको :माधवकुमार नेपाल


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 542
    SHARES

काठमाडौं, ७ चैत्र। 

नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास आफुहरुले गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सनिबार काठमाण्डौमा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले ३ बर्षदेखि पार्टीमा खिला लागेको र आफुहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । पुर्ववत रुपमा रहेका पार्टीका सवै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “३ बर्षसम्म सबै तिर काईलागेको थियो खिया लागेको । खियालाई हामी विस्तारै हटाउदैछौ । काईलाई हटाउदै छौ । खिया हटाउदैछौ । फेरी हामी दाँत माझ्दैछौ । अब फेरी ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहीत बनाउदैछौ । झण्डै झण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई तुतपेष्टले क्लीयर पारेर सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? माक्र्सवादको विचार हो । जसरी शरिरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ”

उहाँले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वौच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाएको भएतापनि त्यो चाही हामी मान्दैनौ तिमीहरु प्ुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ । यो जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ भने जस्तै फैसला हो । बच्चा जन्मिईसकेको छ । नयाँ संगठन अस्तित्वमा आईसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भएतापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौ भन्न मिलेन । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्न्ने । त्यो फैसलामा बहस फैसला त गर्दैगरौला तर हामी निर्णय मान्न बाध्य छौ । ”

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पुर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “पुर्व एमाले व्युँतनुको अर्थ के हो भने ? पुर्व एमालेमा केपी ओली पनि आउनुपर्यो । हामी पनि त्यही ठाउँमा पुग्न पर्यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुपर्यो । पुर्व एमाले व्युँतनु भनेको पुरानो संगठन फेरी व्युँताउने हो । आज पार्टी भित्र विवाद भईरहेको कुरा त्यही छ । पुर्व एमाले व्युँतिईसकेपछि कहिले कहाँ कुन मितिमा सुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न । ”

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, उत्पिडीत समुदाय लगायतको राष्ट्रियभेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफुहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “हामी सानो चित्तका छैनौ । मन सानो छैन । चित्त सानो छैन । सबैलाई समावेश गर्ने गरि हामी जानेछौ । त्यसैले धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्नुहोस् ।”

पार्टीको अवस्था देखेर झोक््रयाएर नबस्न उहाँले युवाहरुलाई निर्देशन दिनुभयो । उहाँले नयाँ उत्साह र जोशका बैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }