शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेको १०औँ महाविधेशन आगामी मङ्सिरमा


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 718
    SHARES

काठमाडौँ, ७ चैत्र। 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो । बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई यथावत राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै पदाधिकारी तथा स्थायी कमिटीमा रहने सदस्यका लागि अर्को बैठकमा आवश्यक निर्णय गरिने प्रवक्ता ज्ञवालीको भनाइ छ । महाधिवेशन आयोजक कमिटीका सदस्यको कार्यविभाजनका लागि सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझी र नेता शङ्कर पोखरेल सदस्य रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले आगामी १० दिनभित्र आवश्यक प्रस्ताव पेश गर्नेछ ।

यस्तै प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले प्रदेश कमिटी बनाउने निर्णय गरेको छ । यस्तै सम्बन्धित जनसङ्गठनका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सहअध्यक्षसहित पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने जिम्मा नेता रायमाझीलाई दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै प्रदेश मातहतका जिल्ला कमिटीलाई पनि अधिवशेन गर्न निर्देशन दिँदै पालिका कमिटी तथा वडा कमिटीलाई पनि व्यवस्थितरूपमा चुस्त, दुरुस्त बनाउने निर्णय गरेको छ । बैठकले पार्टीलाई अनुशासित, जनआधारित एवं चुस्तदुरुस्त बनाउने निर्णय गर्दै नयाँ शक्तिका साथ अगाडि बढ्ने सङ्कल्पसमेत गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा आन्दोलनमा उत्पन्न भएको सङ्कट तथा पार्टीभित्र नै अन्तरध्वंश गर्न गरिएको प्रयास तथा त्यसलाई जोगाउन नेतृत्व, सङ्गठन र पार्टीका कार्यकर्ताले गरेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

अध्यक्ष ओलीले एमालेलाई कमजोर गर्ने, सही विचार र नेतृत्वलाई परास्त गर्ने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्ने र पार्टीको नाममा भएको गुटगत क्रियाकलापलाई गम्भीरतापूर्वक लिइएको बताउनुभएको थियो । बैठकले पार्टीभित्र नै रहेर गुटगत क्रियाकलपामा संलग्नलाई गम्भीरतापूर्वक आत्मसमिक्षा गरेर आउनेलाई स्वागत गर्ने र उचित जिम्मेवारी दिने भएको छ ।

पार्टीको निर्देशनविपरीत गुटगत क्रियाकलाप गरेको तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै नेताहरू माधवकुमार, नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै एमाले संसदीय दलको विधानलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }