मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

द्रुतमार्ग निर्माणका क्रममा भएको अनियमितताको अध्ययन गर्न उपसमिति गठन


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 725
    SHARES

९ चैत्र, काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाण्डौ तराई दु्रतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दु्रत मार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहनुभएको छ । उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनौट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ ।

काठमाण्डौ तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनौट गर्दा अनियमितता भएको उजुरी पछि समितिले त्यसतर्फ चासो देखाएको हो ।
छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गर्नुभएको थियो । उहाँले २ बर्ष पछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वईन्टभेन्चरमा नेपाली कम्पनीहरु पनि सहभागी भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “स्वदेशीहरु सबैको ज्वईन्टभेन्चरमा आउनुभएको छ । त्यत्ति ठूलो काम गर्न उहाँहरुसंग पैसा नभएको हुनसक्छ । बैंक ग्यारेण्टी नभएको हुनसक्छ । तर अहिले विदेशी कम्पनीहरुसंग हाम्रो नेपाली दाजुभाई ठेकेदार सावहरुले ज्वईन्टभेन्चरमा आउनुभएको छ । सबै भन्दा ठूलो संख्यात्मक रुपमा उहाँहरुसंग मिसिएर आउनुभएको छ । हामीसंग यसको प्रमाण पनि छ । ”

उहाँले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समुहरु धेरै भएको र नसकेपछि उनीहरुले अरु ठाउँमा प्रयास गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “हाम्रो इन्फ्लुयन्सी गु्रपहरु धेरै हुन्छ । हजुरहरुलाई पनि इन्फ्लुयन्समा पार्न सक्नुभएन तर अरु ठाउँमा पार्न सक्नुहुन्छ । नेपालमा नभएको भन्ने केही पनि छैन । मर्कै परेको छ भने उजुरी हाल्ने ठाउँ छ । पिपिएमओ को पिपिआरसिमा उजुरी दिनुपथ्र्यो । अड्काउन सजिलो छ । फुकाउन गाहे छ ।”

छलफलका क्रममा सांसदहरुले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले दु्रतमार्गको विषयमा बुंङमती खोकनाको विषय मिलाउनुपर्नेमा पनि जोड दिए । त्यसैगरी समयमै निर्माण सम्पन्न नहुनुको एउटा कारण निर्माण सामाग्रीको रुपमा प्रयोग हुने गिट्टी बालुवा माथि लगाईएको प्रतिबन्ध पनि भएकाले प्रतिबन्ध हटाएर काम गर्ने वातावरण मिलाउनुपर्ने धारणा पनि सांसदहरुले राखेका थिए ।

काठमाण्डौ तराई दु्रतमार्ग निर्माणको क्रममा दोश्रो चरणको ठेक्का प्रक्रिया ठेकेदार चयन लगायत बारे अध्ययन गर्न बनाईएको उपसमितिलाई अध्ययन प्रतिवेदन बुझाउनका लागि २ महिनाको समय दिईएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }