शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने नेविसंघ र त्रिविबीच सहमति (सहमति पत्रसहित)


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 993
    SHARES

काठमाडौँ, ९ चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित विभिन्न पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै जेठ ३० गते स्ववियु निर्वाचन गर्नेगरी विश्वविद्यालय र विद्यार्थीबीच सहमति भएको हो । विश्वविद्यालयले स्ववियु निर्वाचन गर्नका लागि आगामी चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ ।

विश्वविद्यालय र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो गरी सञ्चालित परिक्षाको नतिजा यथाशीघ्र प्रकाशित गर्ने, त्रिविको शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिनुभयो ।

यस्तै, त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवम् परामर्श गरी दुई महिनाभित्र राय सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा विश्वविद्यालयको तर्फबाट शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिको तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गर्नुभएको छ । अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्राडा भुसालले जुस खुवाएर अनशन तोडाउनुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }