शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन आयोगप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च जाने तयारीमा उपेन्द्र पक्ष


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 972
    SHARES

१ असार, काठमाडौं । निर्वाचन आयोगप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

यादव पक्षका कार्यकारिणी सदस्य समेत रहनुभएको महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने जानकारी दिनुभयो ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उहाँले भन्नुभयो।

यसअघि उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष दुवैले दुवै जनालाई कारबाही गर्दै आएका थिए। यादव पक्षले जसपाको निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो ।

त्यसपछि अध्यक्ष ठाकुर पक्षले पनि अर्का अध्यक्ष यादव लगायतलाई पार्टीबाट निष्काशन गरेको थियो। यसरी दुवैजनाले एक अर्कालाई कारवाही गरेको जानकारी निर्वाचन आयोगमा जानकारी गराउँदै दर्ता किताबलाई अध्यावधिक गर्न आग्रह गरेका थिए । तर निर्वाचन आयोगले दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गर्न नसक्ने भन्दै हाल रहेको पदाधिकारी नै कायम रहने निर्णय सुनाएको थियो ।

आयोगको यहि निर्णयप्रति असन्तुष्टि जनाउँदै यादव पक्ष सर्वोच्च अदालत जान लागेको हो। सर्वोच्च जानु अघि कानुन व्यवसायीहरुसँग पनि छलफल गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }