मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महानगरका उपमेयरसहित जनप्रतिनिधिले गरे नगरपरिषदको बहिष्कार


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 246
    SHARES

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमयेरसहितका जनप्रतिनिधिलेको नगरपरिषद् बहिष्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै उपमयेरसहितका जनप्रतिनिधिलेको नगरपरिषद् बहिष्कार गरेका हुन् ।

बिहाना ११ बजे बस्ने भनिएको काठमाडौं महानगरपालिकाको नगरपरिषद्मा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्‍मा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

नगरपरिषद बहिष्कार गर्नेमा १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा मेयरले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको उनिहरुको आरोप रहेको छ ।

उनिहरुले महानगरवासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्धको खोप खरिद गरेर उपलब्ध गराउनुपर्ने , वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाईमा क्रियाशील बनाउनुपर्ने , करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }