बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको कुप्रचार गर्नेहरु विरुद्ध उत्रिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 281
    SHARES

३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिनुभएको हो । विरोधीहरु आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उहाँले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरुको डिफेन्ड गर्न अनुरोध छ ।’

प्रधानमन्त्री ओलीले यत्रो समय कटाएको भएपनि सरकार ढाल्न नसकेर अदालतको साहारा लिन पुगेको टिप्पणी पनि गर्नुभयो । उहाँले यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराइ डुबानमा नपर्ने पनि बताउनुभयो । नेपाल भारत सिमा क्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेका कारण डुबान भएको भन्दै उहाँले यसवर्ष बाँधलाई खोलिएको बताउनुभयो ।

अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिदै जाने उहाँले बताउनुभयो । बाँधका कारण नेपाली भुमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – ‘जुन डुबान क्षेत्रहरु हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो । सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भुमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पार्नुभयो । सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानि पत्ता लगाउने त्यो खानी उपयुक्त छ की छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकुल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने । अब बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि पर्याछौँ । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लाग्या छौँ ।’

उहाँले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौँसम्म नयाँ बाटो खन्ने तथा पहाडहरु भत्काउने काम रोक्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }