बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माधव समुहले बाढीपहिरो पिडितका उद्दारमा कार्यकर्ता खटाउने


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 323
    SHARES

३ असार, काठमाडौं । एमालेको माधव नेपाल समूहले बाढीपहिरो गएका जिल्लाहरुमा राहत वितरण एवं उद्दारका लागि आफ्ना कार्यकर्ताहरुलाई खटाउने भएको छ ।

आज बसेको माधव समूहको स्थायी कमिटीको भर्चुअल बैठकले देशका विभिन्न जिल्लामा बाढी पहिरोले वितण्डा मच्चाएकाले पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नेता कार्यकर्तालाई समेत खटाउने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा विज्ञहरुको टोली बनाउने र बाढी पहिरो गएका स्थानमा राहत र उद्दारका लागि विपत ग्रस्त स्थानमा केन्द्रदेखि वडा तहसम्मका सबै पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय भएको छ’।

बैठकले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }