बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टोखाको नीति तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 607
    SHARES

३ असार, काठमाडौं । टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुतका लागि असार ९ गते नवौँ नगरसभा आह्वान गरेको हो ।

टोखाले नगरसभामा प्रस्तुत गर्ने नीति कार्यक्रमका लागि वडास्तरीय योजना छनोट गरिरहेको छ । सो नगरपालिकाले गत जेठ २६ गते नगरपालिकाभित्रका कृषि, उद्योग वाणिज्य, पर्यटन, सहकारी र वित्तीय क्षेत्रको योजना छनोट गरेको थियो ।

यस्तै जेठ २७ गते शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धन, जेठ २८ गते सडक, पुल, झोलुङ्गे पुल, सिँचाइ, भवन तथा शहरी विकास, ऊर्जा, जेठ ३० गते वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्र र जेठ ३१ गते सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सूचना प्रविधि, पञ्जीकरण व्यवस्थापनलगायतका बारेमा अध्ययन अनुसन्धान गर्नाका साथै योजना छनोट गरेको हो ।

यही असार ५ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरी असार ७ गते नगर कार्यपालिकाको बैठक राखी बजेट तथा कार्यक्रम स्वीकृत गर्ने कार्यक्रम रहेको नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले राससलाई जानकारी दिनुभयो । आगामी आवको नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिने उपप्रमुख डङ्गोलको भनाइ छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएकाले बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो । टोखाले प्रत्येक वडामा अत्याधुनिक सेवा सुविधासहितको स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नीति लिएको छ ।

सो नगरपालिकाको वडा नं २ मा सञ्चालित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरेको नपाले आगामी साउनदेखि नगरवासीलाई ‘होलवडी चेकअप’ को व्यवस्था मिलाउन लागिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }