बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञालाई सरकारले रक्षा कबजका रूपमा प्रयोग गरेको कांग्रेसको आरोप


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 288
    SHARES

काठमाडौं ,३ असार

जनतालाई हातमुख जोर्न गाह्रो भएको भन्दै नेपाली कांग्रेसले निषेधाज्ञाको विरोध जनाएको छ । कांग्रेस कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञालाई सरकारले रक्षा कबजका रूपमा प्रयोग गरेको जनाएको हो ।

बिहिवार कांग्रेस केन्द्रीय समिति बैठक चल्दै गर्दा सहमहामन्त्री प्रकाशशरण महतले लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था नभएकाले सरकारले सत्ता जोगाउने कबज बनाएको आरोप लगाए ।

‘कोरोना संक्रमण छ। उपचार र रोकथामको कुनै प्रवन्ध उहाँहरूले गर्नुभएन। गरेको भए लकडाउन गर्नुपर्ने नै थिएन,’ उनले भने, ‘लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था छैन। उहाँहरूले आफ्नो सत्ता जोगाउने कबजका रूपमा लकडाउनलाई लिनुभयो।’

उनले कोरोना संक्रमणबाट सरकार दुस्खी हुनुपर्नेमा सत्ता सुरक्षित भयो भन्ने सरकारले ठानेको पनि बताए।

उनले केन्द्रीय समिति बैठक जारी रहेको र महाधिवेशन मुख्य एजेन्डा भएको बताए। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल जारी रहेको उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }