बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टीको आधिकारिकता माग गर्दै जसपा पुनः निर्वाचन आयोग जाने


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 579
    SHARES

काठमाडौं, ३ असार
पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ ।
जनता समाजवादी पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभयो ।

पार्टीमा आफ्नो पक्ष स्पष्ट बहुमतमा भएको र पार्टीको कार्यदिशा र योजनाको पक्षमा पनि आफुहरु नै रहेकाले पार्टीको आधिकारीकता माग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘निर्वाचन आयोगमा हाम्रो पार्टीमा केही व्यक्तिहरुले जुन विवाद सिर्जना गरेका छन्, त्यसको निरुपणका निम्ति पार्टीको आधिकारिकताको टुंगो लगाउनलाई निर्वाचन आयोगमा फेरी प्रस्तुत हुने भन्ने हामीले निर्णय गरेका छौँ । किनकी हाम्रो पार्टीको स्पष्ट बहुमत अहिलेपनि हामीसँग छ । कार्यदिशा र योजनाको हिसाबले पनि प्रतिगमनको विरुद्धमा दृढतापूर्वक उभिने जुन जसपाको ध्येय हो त्यो पनि हामीसँग नै छ । त्यसैले त्यो विषयमा पनि हामीले निर्णय गरेका छौँ ।’
उहाँले महन्थ ठाकुर पक्षले पार्टीको नाम र लोगो दुरुपयोग गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘बहुमत भएकाले पार्टीको नाम, चिन्ह, लोगो लगायत स्वत् हामीले पाउनुपर्ने । उहाँहरु अल्पमतपक्षले पनि पार्टीको नाम, लोगो प्रयोग गरिरहनुभएको छ । त्यो असंवैधानिक र दुरुपयोग हो ।’

कार्यकारिणी समिति बैठकले पार्टीको जनपरिचालनका लागि कार्ययोजना बनाउन मृगेन्द्रसिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ । सरकारले तराई मधेशका सिमावर्ती क्षेत्रमा हुने डुबानको बारेमा भारतसँग कुरा गरेर समस्याको हल गर्न पहल गरोस् भन्ने निर्णय गरेको पनि अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । जसपाले बाढी, पहिरोको समस्यामा तत्काल राहत, उद्दारको काममा खट्न पनि नेता कार्यकर्तालाई निर्देशित गरको छ ।

सरकारले गिट्टी, बालुवा निकासी गर्ने निर्णय गरेको भन्दै यो पर्यावरणीय र राष्ट्रिय हिसाबले गलत ठहर गर्दै त्यसको विरुद्धमा अभियान चलाउने निर्णय गरिएको पनि जसपाका अध्यक्ष डा. भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }