शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय सम्बन्धलाई असर पर्ने गरी एमसीसीलाई गिजोलियो: मीन विश्वकर्मा


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २५, २०७८
  • 666
    SHARES

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभएको छ । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजि गरि भ्रम सिर्जना गराएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो । आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमती र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनि महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो । र जुन जुन दलहरु त्यसमा सम्वद्ध हुनुभएको छ, आफैले गरेका कामहरुका बारेमा आफैले टिप्पणी गरेर फरक मत राख्नुभएको छ, त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ । आम नेपाली जनताको पनि यो अनुरोध छ । यतिमात्रै होइन, यो विषयलाई आफुले निर्णय दिन नसक्नु त छदैछ, तर नानाथरीका भ्रमहरु सिर्जना गरेर प्रचारबाजि जसरी गरीएको छ यो प्रचारबाजिले मुलुकलाई, जनतालाई र यो मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको छ । यो दुर्भाग्यपूर्ण छ ।’

नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताउनुभयो । राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले गठबन्धनलाई जिवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पु¥याउन चाहेको उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रिय सरोकारका मुद्दाहरु चाहीँ यथास्थितिमा रहने, त्यो कुनैपनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहीँ जोगाइरहनुपर्छ अथवा गठबन्धन टुट्छकि, गठबन्धन बिग्रिन्छकि भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिङ्ग छोडेर गठबन्धन जोगाइ राख्दाखोरी जनताले हामीलाई पत्याउँदैनन् । त्यसो भएको हुनाले जनताले पत्याउने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पत्याउने गरीको भुमिका निर्वाह गर्नु भनेको राष्ट्रिय पेचिला मुद्दाहरुलाई, राष्ट्रिय सरोकारका मुद्दाहरुलाई टुंगोमा पु¥याउनु हो । त्यो टुंगोमा पु¥याउनका लागि हामी गठबन्धनलाई पनि जिवित राख्दै, गठबन्धनलाई क्रियाशिल राख्दै, गठबन्धनलाई साथसाथै लिएर जादैँ यि मुद्दाहरु टुंग्याउन चाहान्छौँ । तर कथम् कदाचित यि मुद्दाहरुलाई पन्छाएर गठबन्धन जोगाऔँ भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहदैनँ । त्यसो भएको हुनाले एक्लैले त कुनैपनि सरकार बन्दैन । एक्लै दलको बन्दै बन्दैन यतिबेला निर्वाचन अगाडी । त्यसैले कुनै न कुनै गठबन्धनबाट भएपनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ । मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ । हामी त्यो बारेमा पनि सोच्दैछौँ ।’

उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताउनुभयो । निर्वाचनलाई सतप्रतिशत् निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }