शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जहाँ भगवानलाई पनि गाह्रो छ (फोटोफिचर)


  • माउन्टेन खबर
  • शनिबार, असार ११, २०७९
  • 802
    SHARES

 काठमाडौं, ११ असार

देशेको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो ।

त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ ।

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा ।

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । अज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन् । तर संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् ।

पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति ।

मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन ।

पाटन सुन्धारामा पानीले खिइएको मूर्ति ।

एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन ।

पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु ।

लुभुको गणेश मन्दिर ।

कुम्मेश्वर मन्दिर परिसरमा गरुड र नारायणकोे मूर्ति ।

पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार ।

बसन्तपुरको गोरखनाथको मन्दिर ।

लुभुको गणेश मन्दिर ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }