खय्यामको रूबाई मेरो बुझाई

खय्यामको रूबाई मेरो बुझाईः-
उमर खय्याम(Omar Khayy’am 1048-1131) १८मे सन्१०४८मा फारसमा जन्मिएका हुन्। यी दार्शनिक,गणितज्ञ र ज्योतिर्विद पनि हुन्। उनले एउटा नयाँ क्यालेण्डरको आविस्कार गरे ।जसलाई “जलाली क्यालेण्डर” भनिन्छ। यिनलाई रुबाईको प्रतिष्ठा मिल्यो। खय्यामले रुबाईमा लेखे,तुलसी दासले चौपाईमा लेखे।
खय्यामको फिलोसफी सुखीको होइन दुखीको फिलोसफी हो। ‘जीवनको अर्थहीनतामा व्यक्तिगत अर्थको खोज” खैयामको रुबाइयतको केन्द्रिय विषय हो। खय्यामको फिलोसफिमा जीवन अर्थहीन छ। उनको गहिरो भावले हृदय द्रवित र परिप्लावित हुन्छ। ‘रुबाइयत सुखका नही दुखका गीत है,सन्तोषका नही असन्तोषका गान है” -बच्चन।
उमर खैयामको धारणा खाओ पिओ और मोज करो भन्ने थियो। यिनी सुखवादी,प्याली र …