शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म विवश छु  (लघुकथा)


  • हरिभक्त सिग्देल " महेश "
  • मङ्लबार, भदौ २८, २०७९
  • 409
    SHARES

म विवश छु 

बूढानीलकण्ठ लुकेकै थिए पृथ्वीका गर्तमा तर म थिएँ प्रकट स्वछन्द विचरण गर्दै । पश्चिममा विष्णुपादुकाबाट विष्णुमती अविरल वगेझैँ , म पनि रुद्रमतीकानामले आफ्नाे गन्तव्यतर्फ निरन्तर निरन्तर बगिरहन्थेँ । पछि कपडा धुने काममा मलाई पेशा कर्मीजात धाेवीहरूले प्रयाेगमा ल्याए। मेरा अङ्ग प्रत्यङ्ग र किनारसमेतमा कपडाहरू धुने, सुकाउने काम हुन्थ्याे मेराे नामै परिवर्तन भयाे। म धाेवीखाेला बनेँ।

कालान्तरमा मेराे स्वतन्त्रता खाेसियाे। हिउँद र वर्षामा याम र स्रोत अनुसार मेराे रूप र मार्ग परिवर्तन मात्र होइन साैम्य शान्त र वीभत्स पनि हुने गर्थ्याे । म त्यसै अनुसार आफ्नाे मार्ग तय गर्थें स्वतन्त्र रूपमा फराक साँगुराे ।

मानव विकाससँगै मलाई घेराबन्दी गरेर मेराे मार्ग मैले होइन मनुष्यहरूले ताेक्न थाले धाेवीखाेला काेरिडाेर भन्दै फलामका जालीमा ढुङ्गा भरेर मलाई सीमित मार्ग मात्र ताेकियाे बग्नका लागि । मलाई आपत्ति छैन। मेराे स्रोत मेरा अधीनमा छैन । त्याे पनि मानिसहरूले ताेकिदिए मलाई सहज हुन्थ्याे तर के गराैं सहस्रधारा वर्षा मेराे मानव निश्चित मार्गमा हिड्न‌ै नसक्ने गरी ममाथि खन्याए पछि म मानववस्ती, घरद्वारमा जान बाध्य हुन्छु । मेरा कारण जनधनकाे हानी नाेक्सानी अनेक हुन्छ। याे मेराे रहर होइन तर यसरी बग्न मलाई विवश पारिएकाे हाे , नचाहेर पनि म विवश छु ! विवश छु !!

– हरिभक्त सिग्देल ” महेश “

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }