शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षमन्त्री पौडेल


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २८, २०७९
  • 312
    SHARES

काठमाडौँ, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गर्नुभएको छ ।

मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताउनु भयो । उहाँले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताउनु भयो । मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बतउनु भयो । उहाँले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ । देशको अवस्था फेर्न नै नसकिने होइन । फर्ने सकिन्छ । फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ । आविष्कार केन्द्रको प्रशंग विज्ञान र प्रविधिसँग जोडिएको छ । नाष्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ । दिनहुँ त्यसको छलफल हुने गर्छ । खासै गरी कसैलाई चासो छैन । अरु विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन । विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन । हामी कहाँ चासो कम हुने गर्दछ । हामी कहाँ विश्वविद्यालयहरु पनि छन् ।

नाष्ट भन्ने संस्था एकातिर आविष्कारको जिम्मेवारी बोकेर उभिएको छ भने विश्वविद्यालयहरु पनि रिसर्च सेन्टरको रुपमा छन् । विश्वविद्यालयका भिसीहरुसँग छलफल गरेर नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँग नै कोर्डिनेटर गरेर चलाउँ भनेर शुरुवात गर्ने निर्णय गरेका छौँ । दुई विश्वविद्यालयले अभ्यासको रुपमा आफ्नै प्राङ्गणभित्र शुरु पनि गरेका छन् । हामीले यो विषयलाई अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई केही भुमिका निर्वाह गर्नेछ । कर्म गरेमात्रै देशको चित्रलाई फेर्न सकिन्छ । त्यसैले कर्मलाई सम्मान गरौँ ।’

 

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताउनु भयो । उहाँले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संचनालाई पुनः स्थापना गर्नुपर्ने बताउनु भयो । उहाँले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश निर्माण गर्ने संकल्प हामी सबैले गरेमा, सकारात्मक चिजलाई स्थापित गरेमा यो देश अरुको आलोचना गरेर नभइ आफैँतिर छातिमा हात राखेर संकल्प गरियो भने सम्भव छ । धेरै लगानी गर्नु पर्दैन । बाटोघाटो लगभग सबै वडामा पुगे, कालोपत्रे भए पुग्छ । हिजो बनिसकेका विमानस्थललाई कालोपत्रे गरे पुग्छ । हिजो शुरुवात भएका उद्योगलाई पुनः स्थापना गरे पुग्छ । मार्केटिङ गर्नसके पर्यटन मात्रैले पनि पुग्छ । हाइड्रोको कुरा आयो, हामीभन्दा सम्पन्न भइसके नकिन्न पनि सक्छन् । किने त राम्रो हो । उनीहरुले किनेनन् भने प्रयोग गर्ने ठाउँ हुँदैन । तर पर्यटन र प्रकृति कसैले पनि किन्न सक्दैन ।’

मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रैपनि नेपालको विकास हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }