शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री


  • माउन्टेन खबर
  • शनिबार, अशोज १, २०७९
  • 413
    SHARES

काठमाडौं, १ असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको १० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताउनु भयो । उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागि आह्वान गर्नुभयो । उहाँले विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा विशिष्ट परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति, वैज्ञानिक आधुनिकीकरणका साथै समाजको परिवर्तन गरी अघि बढ्न आवश्यक छ । विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । यस क्षेत्रमा सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागिसमेत आह्वान गर्न चाहन्छु । विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध छौँ । देशमा बढी भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन गर्ने वातावरण निर्माण गर्न सरकारले जोड दिँदै आएको छ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रिय विज्ञान दिवसले देशमा विज्ञान र प्रविधिको क्षेत्रलाई बिस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरेको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }