शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गोठाटारमा गोली लागेका मोहम्मदको उपचारका क्रममा मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, अशोज ३, २०७९
  • 325
    SHARES

काठमाडौँ, ३ असोज । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई आज साँझ बन्दुकधारी समूहले गोली हानेको थियो ।

टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }