बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

डा. केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता शुरु


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ४, २०७९
  • 377
    SHARES

४ असोज, काठमाडौं । बीसौं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता शुरु भएको छ ।

वार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भइरहेको हो । सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी रहेका छन् ।

नेपाल चिकित्सक संघका तर्फबाट डा. अनिलविक्रम कार्की रहेका छन् । त्यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम केसी र ओमप्रकाश अर्याल तथा डा. विष्णु पोखरेल रहेका छन् ।

यसअघि सोमबार अनौपचारिक छलफल भएको थियो । चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. केसी बीसौं पटक धनगढीमा गत नौ दिनदेखि अनसन बसिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }