बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा सेनाको गोली लागेर बालबालिकासहित १३ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 210
    SHARES

५ असोज, काठमाडौं । म्यानमारको एक विद्यालयमा सैनिक हेलिकप्टरले गरेको आक्रमणमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

समाचार स्रोतका अनुसार मध्य सागाङ क्षेत्रमा रहेको बौद्ध विहार र लेट यात कोन गाउँको विद्यालयमा घटना भएको हो ।

सेनाले गाउँमा प्रवेश गरी गोली चलाएको थियो, जसमा धेरै मानिस घाइते भएका थिए । तर, केही सञ्चारमाध्यमले विद्यालय भवन विद्रोहीले प्रयोग गरिरहेको भन्दै सेनाले कारबाही गरेको बताएको छ ।

विद्यालयका प्रशासकका अनुसार गाउँको उत्तरमा चारवटा एमआई–३५ हेलिकप्टर घुमिरहेको थियो । ‘हामीले केही बुझ्नुअघि नै ती मध्ये दुईवटा हेलिकप्टरले मेसिनगन र भारी हतियारले विद्यालयमा गोली हानेका थिए । विद्यार्थीहरूलाई विद्यालयको तहखानेमा बनाइएको कक्षामा लिएर गएँ, त्यतिन्जेलसम्म ६ बालबालिकाको मृत्यु भइसकेको थियो ।’ उनले भने ।

विद्यालयमा गोली हानेपछि हेलिकप्टर नजिकैको गाउँतर्फ मोडिएको उनले बताए । सेनाको हेलिकप्टरले गाउँमा समेत गोली चलाउँदा एक किशोरको ज्यान गएको छ । माछा मारेर आफ्नो परिवारको गुजारा चलाउने उनको उमेर १३ वर्ष रहेको बताइएको छ । यसबाहेक गाउँमा अन्य ६ जनाको मृत्यु भएको छ ।

सेनाले २० जनालाई साथमा लिएर गएको स्थानीयले बताएका छन् । जसमा ९ जना बालबालिका, ३ जना शिक्षक र अन्य घाइते छन् । यी मध्ये दुई जनालाई सरकार विरोधी भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }