शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तेश्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ६, २०७९
  • 231
    SHARES

६ असोज, काठमाडौं । पोखरामा आजदेखि ‘तेश्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ शुरु भएको छ ।

तेक्वान्दो संघ गण्डकीको आयोजनामा ६ देखि ९ असोजसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दोसहित जि–२ ¥याकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२ शुरु भएको हो । प्रतियोगितामा १३ देशका १४ सय २५ खेलाडीले भाग लिँदैछन् । प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । २ वर्षअघि हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण पछि धकेलिएको थियो । सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी विभिन्न तौल समूहमा खेल हुनेछ ।

पुम्सेतर्फ १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले बताउनु भयो । प्रतियोगिताको लागि तेक्वान्दो महासंघको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेसन अध्यक्ष प्रोफेसर लिक्यू सिओक लगायतको विशिष्ट टोली पोखरामा छ । तेक्वान्दो संघ गण्डकी अध्यक्ष एवं प्रतियोगिता मुल आयोजक समिति सचिव जगन गुरुङका अनुसार एउटै खेलका लागि यति ठूलो संख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमै पहिलो हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }