मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तनहुँका युवामाझ लोकप्रिय चाम थापाले प्रदेशसभामा टिकट पाउने सम्भावना


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ७, २०७९
  • 432
    SHARES

काठमाडौँ, ७ असोज । तनहुँका युवामाझ लोकप्रिय रहेका काँग्रेसका महाधिवेशन प्रतिनिधी चाम थापाले तनहुँ क्षेत्र नं २ प्रदेश (ख) बाट चुनावमा टिकट पाउने सम्भावना रहेको छ ।

अधिकांश समय जिल्लामा रहेर सामाजिक सेवामा क्रियाशिल थापा मंसीर ४ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनमा टिकट पाउने सम्भावना रहेको छ ।

देशभर स्वतन्त्र युवाहरु निर्वाचनमा उम्मेदवार बनेसँग तनहुँमा पनि युवालाई निर्वाचनमा सहभागी गराउनुपर्ने आवाज उठ्न थालेसँगै युवा नेता थापाको टिकट पाउने सम्भावना बढेर गएको हो ।

तनहुँको विकासमा लामो समयदेखि क्रियाशिल थापा तनहुँ क्षेत्र नं २ मा लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । सोही क्षेत्रमा मगर समूदायको राम्रो बाहुल्यता रहेसँगै काँग्रेसभित्र थापामगरलाई उम्मेदवार बनाउनुपर्ने दवाव पार्टी नेतृत्वलाई तनहुँ काँग्रेसीहरुले दिएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा सँधै अगाडि रहेको तनहुँका नेताहरुले चाम थापालाई उम्मेद्वारका रुपमा प्रस्तुत गर्दा तनहुँ काँग्रेसका सभापति जीतप्रकाश आले तथा पूर्वसांसद झुलबहादुर आलेलगायतले थापालाई समर्थन गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }