शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिविरुद्ध दर्ता भएका सबै रिटहरु मनोज शर्माको इजलासमा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ७, २०७९
  • 301
    SHARES

७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा मनोज शर्माको इजलासमा सुनुवाइ हुदैछ ।

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी पाँच वटा फरक रिट निवेदन दर्ता भएका थिए । ती सबै रिट निवेदनहरु एकैसाथ डा शर्माको एकल इजलासमा पेशी तोकिएको हो । यद्यपि ३० वटाभन्दा पछि पालो परेकाले ती निवेदनहरुको सुनुवाइ हुने सम्भवाना ज्यादै न्यून छ ।

राष्ट्रपतिले यही असोज ४ गतेभित्र नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग राखी उहाँविरुद्ध पाँच फरक रिट निवेदन दर्ता भएका थिए ।

राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भएको नागरिकता विधेयक संसद्को दुवै सदनबाट हुबहु पारित भई प्रमाणीकरणका लागि दोस्रोपटक सो विधेयक राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले दोस्रोपटक पनि सो विधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }