शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको सहयोगमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन कार्यक्रम सम्पन्न


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ७, २०७९
  • 271
    SHARES

७ असोज, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणका लागि आज भूमि पुजन गर्नुभयो ।

सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गर्नुभएको थियो ।

करिब रु दश अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको सो प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेलमैदान, स्वीमिङ पुललगायतका भौतिक संरचना निर्माण हुनेछन् । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अरु संरचनाहरु निर्माण हुने जनाइएको छ ।

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ ।

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने धारणा गृहमन्त्री खाणले राख्नुभयो । यस प्रतिष्ठान भवनबाट प्रहरीमा दक्षता अभिवृद्धि हुने र समग्र प्रहरी सङ्गठनको क्षमता विकास र विस्तारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पच्चीस वर्ष अगाडिदेखिको परियोजनालाई मूर्तरुप दिने काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }