बुधबार, बैशाख ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विकासलाई थप दुई स्वर्ण


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ७, २०७९
  • 203
    SHARES

काठमाडौं, ७ असोज

नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का विकास कुमालले थप दुई स्वर्ण प्राप्त गर्नुभएको छ ।

आज दोश्रो दिन पनि उहाँले थप दुई स्वर्ण जित्नुभएको हो । कुमालले बिहीवार पहिलो दिनको खेलमा दुई स्वर्ण जित्नुभएको थियो । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखि आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर व्यक्तिगत मिड्लेमा २ मिनट २२.३७ सेकेण्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनट ३३.५३ सेकेण्ड समयका साथ दुई स्वर्ण जित्नुभयो । मिड्लेमा वागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाउनुभयो ।

यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाउनु भयो । ५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २९.१० सेकेण्ड समयका साथ स्वर्ण जित्नुभयो ।

सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाउनुभयो । १०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेण्ड समयमा साथ स्वार्ण हात पार्दा वागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाउनुभयो ।

१०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले आफ्नो तथा क्लवका लागि दोश्रो स्वर्ण जित्नुभयो । उहाँले १ मिनट ४.४५ सेकेण्ड समयका साथ दूरी पूरा गर्नुभएको थियो ।

प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाउनुभयो । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा वागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाउनु भयो ।

महिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेण्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाउनुभयो ।

२०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनट ७.७८ सेकेण्डका साथ स्वर्ण हासिल गर्नुभयो । दोश्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाउनुभयो ।

१०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनट १.८५ सेकेण्ड समयका साथ स्वर्ण जित्दा वामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाउनुभयो ।

१०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाउनुभयो । आर्याले उक्त दूरी १ मिनट १७.५९ सेकेण्डका साथ स्वर्ण जित्नुभएको हो ।

५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुरले २८.८८ सेकेण्डका साथ स्वर्ण जित्दा वागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पाउनुभयो ।

२०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लवले १ मिनट ४३.५७ सेकेण्ड समयका साथ स्वर्ण जित्यो । यस्तै वागमती प्रदेशले रजत र एपिएफले कास्य जित्यो ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन, संस्कृती तथा नागरिक उड्यनमन्त्री जीवन राम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }