शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चाडपर्वको बहार, यतीमा उड्दा उपहारै–उपहार


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ७, २०७९
  • 321
    SHARES

काठमाडौँ, ७ असोज

नीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।

‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ योजना अन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुहरुलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।

यात्रुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचरका साथै हरेक हप्ता एक/एक जनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाईट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एअरलाइन्सले जनाएको छ ।

घटस्थापनाको दिनदेखि लागू हुने यस दशैँ, तिहार र छठ योजना अन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार श्री बालाजी डायमण्ड (एसबिडी) र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो ।

त्यस्तै, हात खाली नजाने उपहारहरुको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एअरलाइन्सले गरेको छ ।

असोज १० गते (घटस्थापना) देखि कात्तिक २५ गतेसम्म चल्ने यो योजना अन्तर्गत अग्रीम टिकट बुकिङ गरी सोही समयाधिमा उडान भर्नुहुने सम्पूर्ण यात्रुहरुलाई यो योजना लागू हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनभयो । तीन वटा बम्पर उपहारहरु जित्नको लागि तोकिएको समावधिभित्र यती एअरलाइन्ससँग यात्रा गर्नुपर्ने छ । हात खाली नजाने उपहारको लागि यती यात्रुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्यूआर कोड’ स्क्यान गर्नुपर्ने छ ।

त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नको लागि सोही कुपनको फोटो खिची यती एअरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एअरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’गर्ने बताइएको छ । यात्रुले एकपटक यात्रा गर्दा नै २/३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको छ । दशैँ र तिहारको समयमा साथीभाइसँगको कुराकानीलाई अझ रमाइलो बनाउनका लागि यती एअरलाइन्सले भाइबर सँगको सहकार्यमा ‘यतीको उडान’नामक भाइबर स्टिकर पनि सार्वजनिक गरेको छ । सो भाइबर स्टिकरहरु डाउनलोड गर्न

https://stickers.viber.com/pages/YetiKoUdan लिंक मार्फत् सकिन्छ । साथै सो लिंक डाउनलोड गरी हप्तैपिच्छे ‘फ्रि टिकट’जित्न सकिने यती एअरलाइन्सले जनाएको छ । निकै हर्षोल्लासका साथ मनाइने नेपालीहरुको महान् चाडमा यती एअरलाइन्ससँग आरामदायी यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून भन्ने उद्देश्य रहेको एअरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो ।

असोज १० देखि कात्तिक २५ सम्म उडान भरेका टिकट नम्बरलाई गोलाप्रथा मार्फत् प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने र सो को नतिजा एअरलाइन्सको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । साथै, साप्ताहिक पुरस्कारहरुको बिजेता घोषणा सोसल मिडियामा पोस्ट हुने पनि बर्तौलाले जानकारी दिनुभयो । यस सम्बन्धि थप जानकारी यती एअरलाइन्सको वेबसाईट www.yetiairlines.com मार्फत् पनि लिन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }