शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्टार्टअप वल्र्डकपका नेपाल च्याम्पियनहरु ग्लोबल फिनालेमा सहभागी हुने


  • माउन्टेन खबर
  • शनिबार, अशोज ८, २०७९
  • 169
    SHARES

काठमाडौं, ८ असोज

स्टार्टअप वल्र्डकपका नेपाल च्याम्पियनहरु ग्लोबल फिनालेका लागि आइतबार (भोली) अमेरिका प्रस्थान गर्ने भएका छन ।

स्टार्ट हब नेपालका अध्यक्ष शम्भु पोखरेलका अनुसार यस वर्षको स्टार्टअप च्याम्पियन ईन्क्सभिल्ला र गत वर्षको स्टार्टअप च्याम्पियन ट्याक्सीमाण्डु सो प्रतियोगिताका भाग लिनका लागि अमेरिका जान लागेका हुन । गत वर्ष कोभिडका कारण सो प्रतियोगिता स्थगित भएकाले स्टार्टअप च्याम्पियन ट्याक्सीमाण्डु पनि यसै वर्ष प्रतियोगितामा सहभागी हुन लागेको स्टार्ट अव नेपालले बताएको छ ।

नेपाली च्याम्पियन स्टार्टअपहरु सेप्टेम्बर २८ मा हुने सेमिफाईनलमा सहभागी हुनेछन भने त्यसबाट उत्कृष्ट १० मा छानिएकाहरु वल्र्ड च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछन । अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजना हुने सो कार्यक्रममा विश्वका ७० भन्दा बढि देशहरु सहभागी हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }