बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युक्रेन युद्धमा सेना परिचालन गर्ने निर्णयविरुद्ध रुसमा व्यापक प्रदर्शन


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 251
    SHARES

काठमाडौं , ९ असोज

युक्रेनका लागि थप ३ लाख सेना परिचालन गर्ने रुसको घोषणा विरुद्ध रुसमा प्रदर्शन चर्किएको छ ।

प्रदर्शनका क्रममा ७ सय बढी प्रदर्शनकारी पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये केही युवाहरुलाई जबरजस्ती सेनाको भर्ति केन्द्रमा जान आदेश दिएको छ । युक्रेन युद्धका लागि थप सेना आवश्यक रहेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार उक्त संख्यामा सैन्य परिचालनको घोषणा गरेपछि देशभर प्रदर्शन भएको हो ।

प्रदर्शनकै क्रममा मस्को र सेन्टपिटर्सबर्गमा भेला भएका प्रदर्शनकारीले युद्धको विरोधमा नारा लगाउँदै पुटिनका लागि युद्धमा नहोमिने जनाएका थिए । साथै रुसले सेना परिचालन सम्बन्धि नियम उलंघन गर्ने जो कोहीलाई १० बर्ष सम्मको जेल सजाय दिने चेतावनी दिएको छ ।

रुसले ३ लाख मानिसलाई युद्धमा बोलाउन सक्ने घोषणा गरेपछि नागरिकले धमाधम देश छोडि अन्यत्र पलायन भएका छन् । नागरिकलाई सेनामा परिचालन गर्ने रुसी निर्णयसँगै आम मानिसमा आक्रोश र भए बढेको छ । यता प्रदर्शन मत्थर पार्न सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }