बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आरोप-प्रत्यारोपमा अल्झिएको ‘प्रेमगीत ३’को हिन्दी भर्सन अन्तत : सोमबार देखि रिलिज हुने


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 210
    SHARES

काठमाडौं ,९ असोज

प्रदर्शनको क्रममा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सन नेपालमा सोमबार (भोलि)देखि रिलिज हुने भएको छ ।

गत शुक्रबार देखि विश्वभर एकसाथ प्रदर्शन हुन भएको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबार रिलिज हुन सकेको थिएन । प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन रिलिज गर्न नसकेको चलचित्र निर्माण टिमले बताएका थिए ।

आरोप-प्रत्यारोपमा अल्झिएको ‘प्रेमगीत ३’को हिन्दी भर्सन अन्तत : सोमबार देखि रिलिज हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी भर्सनलाई पनि नेपाली फिल्मकै मान्यता दिएपछि चलचित्रले नेपाली चलचित्र सरह सेवा सुविधा पाउने भएको छ । साथै चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

प्रर्दशनको क्रममा रहेको चलचित्रले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको चलचित्रलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको यो पहिलो चलचित्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }