शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको आयात-निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 221
    SHARES

काठमाडौं, ९ असोज । काठमाडौं चालु आर्थिक वर्ष २०७९-८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ ।

सोही समयमा नेपालको वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

भन्सार विभागले आज जारी गरेको तथ्याङ्कअनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार तीन खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ । विभागका अनुसार उक्त समयमा नेपालले दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको आयात १३.०१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो दुई महिनामा नेपालले तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ३४.८८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

पछिल्लो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९.४५ प्रतिशतले घटेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा दुई खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदैशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }