शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयोः बाबुराम भट्टराई


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 165
    SHARES

काठमाडौं, ९ असोज

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताउनुभएको छ ।

आईतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभइ नहुने भन्दै संघीयतामा गएपनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताउनु भयो । अध्यक्ष भट्टराईले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले म कसैको नाय यहाँ लिन चाहन्न, उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिचिदिने, जुन काम अहिले भइरहेको छ, कोहीको पनि जिम्मेवारी छैन । भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र डुंगामा प्वाल पार्दिने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नको निम्ति पनि हामीले लोकतन्त्रको सदृढिकरणको विषय महत्वपूर्ण छ । उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ । अमेरिका लगायतका मुलुकका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने ? लोकतन्त्रको सुुदृढिकरण, सबलीकरण र यसको उन्नत तहको विकासको विषयलाई अलि विशेष ध्यान दिनुपर्छ । हाम्रो जस्तो विविधताको देशमा संघीयता नभइ हुँदैन । संघीयतामा गएपछि ठिक ढंगले संविधान बनाउने क्रममा पनि त्रुटी रह्यो र अहिले ठिक ढंगले कानून नबनाउँदा ठिक ढंगले काम गर्न सकिरहेको छैन । हामीले कसैलाई दोष दिने होइन, संघीयता राम्रोसँग बुझेनौँ र त्यस ढंगले काम गरेनौँ भन्नेकुरा सत्य हो ।’

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने शुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको सबैभन्दा ठूलो त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा पनि मैले अघि सारेको थिएँ । नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना पनि मैले नै गरेको हो । त्यति बेला संसद नभएकाले गठन आदेशबाट गरियो । त्यसपछि प्रत्येक सरकार आउने भकुण्डो बनाउने काम भयो र यो अलग ठाउँमा छ । अध्ययन अनुसन्धान वैज्ञानिक ढंगले गर्ने हो भने विज्ञान र प्रविधिलाई ध्यान दिनुपर्छ भनेर असोज १ गतेलाई विज्ञान दिवस भनेर शुरुवात गरेको थिएँ, तर मलाई दुःख लाग्छ, त्यो विज्ञान दिवस कसैले पनि सम्झिँदैनन् र कसैले पनि मनाउँदैनन् । नागपञ्चमी बरु सर्पको फोटो टास्ने दिनलाई धुमधाम मनाउँछौँ पूजा गर्छौं । तर विज्ञानको महत्व के हो भन्नेमा अहिले पनि हाम्रो ध्यान गएको छैन । ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न सक्दैन । छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी रहन्छ । ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनैपर्छ । ’

अध्यक्ष भट्टराईले नेपालमा राष्ट्रिय अनुसन्धान कोष छुट्टै स्थापना गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }