शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तरलता, ब्याज दर र वित्तीय लागत न्यूनीकरण गर्ने उपायहरु बारे सुझाब दिन सरकारले बनायो समिति


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 168
    SHARES

काठमाडौ,९ असोज

अर्थ मन्त्रि जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवशायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गर्नु भएको छ ।

आइतबार मन्त्रालयमा रास्ट्रीय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ , घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो। बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या भन्नुहुँदै यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताउनुभयो । ‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’

मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहो¥याउनु हुँदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउनुहुँदै उहाँले साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । ‘किसान तथा साना उद्यमीहरूलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन’, उहाँले साना उद्यमीलाई ढुक्क हुन आग्रह गर्दै भन्नुभयो, ‘यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकहरूले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो । उहाँले सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको पनि जनाउनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
सुझाव समितिमा कोको छन् ?

१. बाबुराम सुवेदी (सहसचिव, अर्थ मन्त्रालय) – संयोजक
२. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य (प्रतिनिधि)
३. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य (प्रतिनिधि)
४. राष्ट्रिय योजना आयोग – सदस्य (प्रतिनिधि)
५. नेपाल राष्ट्र बैंक – सदस्य (प्रतिनिधि)
६. नेपाल बैंकर्स संघ ९२ जना – सदस्य (प्रतिनिधि)
७. निजी क्षेत्र (उद्योग वाणिज्य संघका ३ जना) – सदस्य (प्रतिनिधि)

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }