मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

डेंगु सङ्क्रमण बढ्दो, दैनिक १५ सयभन्दा बढीमा संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 394
    SHARES

काठमाडौ, १० असोज । मानिसबाट एक–अर्कामा नसर्ने र स्पष्ट उपचार नहुँदा डेंगुप्रतिको बेवास्ताले संक्रमण भयावह बन्दै गएको छ । संक्रमण देखिन थालेको लभगग चार महिनामै डेंगु बिरामीको संख्या २४ हजार नाघेको छ । जुन हालसम्मकै सबैभन्दा बढी हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभर २४ हजार चार सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । यस वर्ष डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको महाशाखाको तथ्यांकले देखाउँछ ।

बागमती प्रदेशमा मात्रै डेंगु संक्रमितको संख्या १९ हजार पुगेको छ, जुन कुल संक्रमणको झन्डै ७८ प्रतिशत हो । जसमध्ये काठमाडौंमा आठ हजार एक सय ३६, ललितपुरमा पाँच हजार नौ सय ३५ र मकवानपुरमा दुई हजार दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । शरीर दुखाइ, मांसपेशी र टाउको दुखाइजस्ता लक्षणसहितका बिरामी अस्पतालका वार्डसँगै समुदाय स्तरमा अत्यधिक बढ्न थाले पनि अझैसम्म संक्रमणलाई गम्भीर रूपमा नलिँदा समस्या भयावह बन्दै गएको भाइरोलोजिस्टहरू बताउँछन् । ‘उपचारका लागि सिटामोल सेवनबाहेक विकल्प नभएको र मान्छेबाट सर्दैन भनेर बेवास्ता गर्नेको संख्या धेरै भएकाले झन् समस्या बल्झिरहेको छ । सरकारी पक्षबाट पनि संक्रमण नियन्त्रणका लागि ठोस कदम चालिएको छैन,’ वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

नेपालमा दैनिक औसत एक हजार पाँच सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइरहे पनि हालसम्म फैलिइरहेको डेंगुबारे थप परीक्षण भएको छैन । यस वर्ष गम्भीर लक्षणसहितका बिरामी अत्यधिक बढे पनि हाल फैलिइरहेको सेरोटाइपबारे परीक्षण नभएको हो । ‘दुई वा तीनपटकसम्म संक्रमण भएका बिरामी अस्पताल पुग्ने गरेका छन् । लक्षणसमेत भिन्न देखिएको पाइएको छ । तर, परीक्षण नहुँदा समुदाय स्तरमा कुन डेंगु फैलिइरहेको छ भन्नेसमेत यकिन हुन सकेको छैन,’ पुनले भने

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }