शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आफू प्रधानमन्त्रीको रेसमा नरहेको प्रचण्डको प्रस्टोक्ति


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 150
    SHARES

चितवन , १० असोज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनु भयो ।

घटस्थापनाका अवसरमा आज गृहजिल्ला चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले भने ‘मंसिर ४ गते चुनाव आउँदैछ । यहाँ प्रधानमन्त्रीको कुरा पनि उठ्यो । म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि नै छैन । मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो । अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु ।’

यस्तै, उहाँले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि बताउनु भयो ।।

मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको भन्दै अध्यक्ष प्रचण्डले चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको बताउनु भयो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }