शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 218
    SHARES

काठमाण्डाै, १० असोज । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ ।

चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ।

छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गर्ने तयारी छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गरिने छ।

म्यादी प्रहरीका लागि ४० दिनको कार्यअवधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो । ४० दिने कार्य अवधिमा तलब र रासनबापत म्यादी प्रहरीले ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }