मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

र्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छः सभामुख सापकोटा


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 282
    SHARES

काठमाडौँ ,१० असोज

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ ।

सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताउनु भयो ।

सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गर्नुभयो । सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताउनु भयो ।

सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वास्र्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताउनु भयो ।

सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताउनु भयो । उहाँले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ । खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थ लागि लागेको देखिन्छ । काम गरेर देखाउन एक्कसनमा जानुपर्छ ।’

‘एक दुई तीन गरी काम गर्ने योजनाका रुपमा जानुपर्छ । विकासको काममा युवाहरुको सहभागीता बढाउनुपर्छ। युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटन लगायत अन्य विकास अगाडि बढ्न नसक्दैन । अहिले युवा भन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ । स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरुको क्षमता बाहिर ल्याएका छन् । त्यो ठिक छ । तर अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन ।’

‘राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र पार्टी भित्र युवाहरुले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ । स्थानीय तहका सरकारहरुले पनि युवा मैत्री नीति बनाएर जानुपर्छ । केन्द्र सरकारले सबै भन्दा बढी युवा नीति बनाउन जरुरी छ । नेपालका पर्वतीय क्षेत्रहरु राष्ट्रिय उद्योग हो । यस्ता पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ । सरकारको ध्यान अब पर्वतीय क्षेत्रको विकासमा हुनु पर्छ ।’

उहाँले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }