शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचनमा कारागार र विमानस्थलको सुरक्षा जिम्मा सेनालाई


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 187
    SHARES

काठमाडौं, १० असोज । आगामी मंसिर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्र प्रहरीलाई हटाइने भएको छ । उक्त समयमा सेना परिचालन गर्ने निर्णय भएको हो ।

गृह मन्त्रालयले कारागार र विमानस्थलको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय गरेको हो । ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ले कारागार र विमानस्थलको सुरक्षा सेनालाई दिने स्वीकृत गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सेना परिचालन गर्न स्वीकृति दिएकी थिइन् । योसँगै निर्वाचन अवधिभर प्रहरी र सशस्त्रले गरिरहेको महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरुको सुरक्षामा सेना परिचालन हुन बाटो खुलेको हो । यस्तै, मतदानस्थलको बाहिरी घेराको सुरक्षा पनि सेनाले नै गर्ने भएको छ ।

कूटनीतिक नियोग सुरक्षामा खटिएका सशस्त्र प्रहरी भने यथावत हुने भएको छ । एकीकृत सुरक्षा योजनाअनुसार पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेना रहने निर्णय गरिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई सामान्य, संवेदनशिल र अति संवेदनशिल गरी ३ भागमा विभाजन गरिएको छ । सामान्य मतदान स्थलमा तीन प्रहरी पाँच म्यादी, संवेदनशीलमा तीन प्रहरी ६ म्यादी र अति संवेदनशीलमा तीन प्रहरी र नौ म्यादी प्रहरीलाई खटाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }