बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मनास्लु हिउँ पहिरो अपडेट : कम्तीमा १३ जना बेपत्ता, उद्धार उडानमा समस्या


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 237
    SHARES

काठमाडौं, १० असोज । गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिउँ पहिरो खसेपछि १३ जना सम्पर्कविहीन भएका गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

उनीहरूको उद्धारमा अक्सिजनलगायत सामग्री पुर्‍याउन गएकाहरू हिउँ पहिरोमा परेका छन्। घाइतेको उद्धारका लागि दुइटा हेलिकप्टर पठाइए पनि मौसम प्रतिकूल हुँदा मनासलु आधार शिविरतर्फ हेलिकप्टर जान सकेको छैन।

हेलि एभरेस्ट, कैलाश हेलिकप्टर र सिम्रिक एयरका तीन वटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौँबाट पुगेका भए पनि उद्धारमा समस्या छ।

मनास्लुमा केही दिनदेखि हिउँ पहिरो गइरहेको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले हिउँ पहिरोमा परेकाहरूलाई उद्धारका लागि हेलिकप्टर सामागाउँ पुगेको तर मौसम प्रतिकूल भएकोले उद्धार गर्न अहिले नसकिएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }