बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 184
    SHARES

काठमाडौं, १० असोज

वल्र्ड टुरिजम डे को अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ ।

राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजान हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा ५४ होलको खेल हुनेछ ।

तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ । पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । यो वल्ड ¥याङकिङ प्रतियोगिता हो ।

त्यसैले महिला नेपाली गल्फरको लागि वल्र्ड ¥याङकिङमा स्थान बनाउने अवसर पनि हो । नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्नेछन् । टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहेनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }